२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

९ असाेज, काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँड सम्पन्न गरेकोछ । कम्पनीले साउन २८ गतेदेखि भदौ २५ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि बिक्री गरेको आईपीओ असोज ८ गते बाँडफाँड भएकाे हाे ।

कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दालाई बिक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई सम्पूर्ण कित्ता बाँडफाँड गरेको हो ।

कम्पनीकाे आईपीओ नतिजा बिक्री प्रबन्धकको वेबसाइ https://www.rbbmbl.com.np/, मेरो सेयरको वेबसाइट  http://meroshare.cdsc.com.np/#/login र  सिडिएसको वेबसाइट    http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : 12:56