१ असार २०८३, सोमबार | Mon Jun 15 2026

मर्यादाविपरीत काम गर्ने जोकोहीलाई पनि कारबाही हुन्छः उपप्रधानमन्त्री श्रेष्ठ

८ असोज, विराटनगर ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाविपरीत काम गर्ने जोकोहीलाई पनि कानूनी दायरमा ल्याउने बताएका छन् ।
प्रेस सेन्टर मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले सीमा क्षेत्रमा हुने तस्करी तथा अवैध कारोबारलाई पूर्णरुपमा बन्द गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताए।
गृहमन्त्री श्रेष्ठले सीमाक्षेत्रमा निगरानी बढाएकै कारण राजस्वमा वृद्धि भएको भन्दै पहिचानसहितको सङ्घीयता अपरिहार्य भएको बताए । उनले सरकारले सुशासनको अभियानलाई निरन्तरता दिएको भन्दै सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाए ।

प्रकाशित मिति : September 25, 2023 at 4:53 pm