२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

माछापुच्छ्रे बैंकको ६२ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?

७ असोज, काठमाडौं । माछापुच्छ्रे बैंकले केही संस्थापक सेयर बिक्रीमा राखेकाे छ । बैंकले ६२ हजार १६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे हाे ।

बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा खरिद आवेदन दिन सक्नेछन्।

साथै, ताेकिएकाे समय अवधिभित्र बिक्रीमा राखिएकाे उक्त सेयरमा संस्थापक सेयरधनीहरुबाट कुनै पनि खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई आवेदन खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : September 24, 2023 at 10:54 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/