५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

रहेनन् पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’

५ असाेज, काठमाडाैं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ। ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन उनका भाइ छविलाल भट्टले जानकारी दिए।

गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालुले २०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सामान्य प्रशासनमन्त्री भएका थिए ।

विसं २००४ मा डडेल्धुराको डुङ्गरी भन्ने ठाउँमा जन्मिएका उनले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए। पछि उनी रामराजाप्रसाद सिंहसँगै रहेर नेपालमा गणतन्त्र स्थापना गर्नका लागि आन्दोलन होमिएका थिए।

विसं २०४२ को बम काण्डपछि तत्कालीन सरकारले उनको सम्पति सर्वश्वहरण गरेपछि १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए। उनका दुई छोरा छन्। श्रीमतीको यसअघि नै मिर्गौला रोगका कारणबाट निधन भइसकेका थियो। उनको आजै पशुपति आर्यघाट अन्त्येष्टि गरिने छ।

प्रकाशित मिति : September 22, 2023 at 1:33 pm