३ असार २०८१, सोमबार | Tue Jun 18 2024

तालीबानका नेता मौलाना समी उल हकको हत्या


१७ कात्तिक, काठमाडाैँ । पाकिस्तानमा जमियत उलेमा–ए–इस्लामका शाखाका प्रमुख मौलाना समी उल हकको रावलपिण्डीमा रहेको आफ्नै घरमा हत्या गरिएको छ । मौलाना समी उृल हकलाई पाकिस्तानमा तालिबानको जनक पनि मानिन्छ । उनी एक प्रभावशाली धर्मगुरु रहेका थिए । उनले हजारौँ तालिबानी लडाकूलाई तालिम पनि दिएका थिए ।

पाकिस्तानी प्रहरीका अनुसार शुक्रबार साँझ उनकै घरमा पसरे आक्रमणकारीहरुले आक्रमण गरेका थिए । उनी सन् १९८ देखि खारुल उलूम हक्कानियाका अध्यक्ष रहेका थिए । यो मदरसाबाट हजारौँ तालिबानी लडाकूले इस्लामिक शिक्षा हासिल गरेका थिए ।

सन् १९९० को दशकमा उनको मदरसालाई अफगानी जिहादीको नर्सरी भनिन्थ्यो । राजनीतिक विश्लेषकहरुका अनुसार मौलाना समी उल हक तालिबानका प्रभावशाली नेता थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार ०७:३०