हिमालयन बैंकका ग्राहकहरुलाई १६० भन्दा बढी स्थानमा विशेष छुट
४ असाेज, काठमाडौं । हिमालयन बैंक लिमिटेडले ग्राहकहरु माझ विभिन्न सेवा अभिबृद्धि गर्ने उदेश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवनका लगायतका देशका विभिन्न १६० भन्दा बढी स्थानहरुमा विशेष छुटको व्यवस्था गरेको छ ।
बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, ल्याव, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चश्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजम, लगायत अन्य स्थानहरुमा बस्तु खरिद तथा सेवा शुल्कमा भारी छुट पाउन सक्ने छन् ।
बैंकले सम्बन्धित व्यवसायीसँगको सहकार्यमा आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै अधिकतम २०∞ सम्म छुटको व्यवस्था गरेको छ । छुट सुविधा प्राप्त गर्न ग्राहकहरुले विल लिनु भन्दा पहिला नै आफु हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट/क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरुबाट निर्धारित छुट पाउने छन् ।
ग्राहकबर्गले छुट पाउने स्थान, प्रतिशत तथा समाग्रीहरुको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंकको अधिकारीक वेभसाइटमा गई हेर्न सक्ने बैंकले जनाएको छ ।
हाल यो योजना १६० भन्दा बढी व्यवसायिक संस्थाहरुमा लागु भएको तथा निकट भविष्यमा बैंकले यस योजना देशभरि २०० वटा थप व्यवसायीमा विस्तार गरि आफ्ना ग्राहकहरुलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।
प्रकाशित मिति : September 21, 2023 at 2:03 pm









