६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

४ असाेज, काठमाडाैं । साताकाे पाँचाैं काराेबारकाे दिन बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बुधबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार ११:१५