१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

तीन दिन काम गर्दा कर्मचारीलाई थकाइ लागेको भन्दै काभ्रेको मण्डन देउपुरमा सार्वजनिक बिदा

४ असोज, काठमाडौँ । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकामा कर्मचारीलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिइएको छ । नयाँ भवनबाट सेवा शुभारम्भ गर्दा तीन दिनसम्म काम गर्नुपरेकोले जनप्रतिनिधि र कर्मचारी थालेको नगरपालिकाले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । कर्मचारी र जनप्रतिनिधिको थाकाई मार्न विद्यालयदेखि सबै संघसंस्थामा बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालयहरु, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर–सरकारी संस्थाहरुलाई बिदा गरिएको छ।’

नगरपालिकाका मेयर टोकबहादुर वाइव एकीकृत समाजवादीका जिल्ला अध्यक्ष समेत हुन । उनैले नेतृत्व गरेको पालिकामा बिदाकै खिल्ली उडाउने काम भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना सुरू भएको छ ।

प्रकाशित मिति : September 21, 2023 at 7:35 am