२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत रहने एडीबीको प्रक्षेपण

३ असोज, काठमाडौं । एसिया विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने अनुमान गरेको छ। एडीबीले बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०२३’ रिपोर्ट सार्वजनिक गर्दै  नेपालको आर्थिक वृद्धिदरमा ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

गत आर्थिक वर्षमा १.९ प्रतिशत आर्थिक वृद्धिदर रहेको थियो। सरकारले भने चालु आर्थिक वर्षको बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ।  यसैगरी एडीबीले चालु आर्थिक वर्षमा मुद्रास्फीति केही नियन्त्रण हुँदै ६.२ प्रतिशत काम हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षमा मुद्रास्फीति ७.७ प्रतिशत थियो।

केन्द्रीय बैंकले नीतिगत दर घटाएका कारण ब्याजदर कम हुने र आर्थिक गतिविधिले गति लिने एडीबीको अनुमान छ । सेवा क्षेत्र, रियल इस्टेट गतिविधि बढ्ने अपेक्षासहित एडीबीले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको हो।

प्रकाशित मिति : September 20, 2023 at 2:14 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/