१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

ओरियन्टल होटेल्सले घोषणा गर्याे लाभांश, कहिलेसम्म कायम सेयरधनीले पाउछन् ?

२ असाेज, काठमाडाैं । ओरियन्टल होटेल्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीकाे असोज १ गते साेमबार बसेकाे सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्तापुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार ४३७.७३ रुपैयाँको ५.२६३२ प्रतिशतले हुन आउने ५ करोड ९३ लाख ७३ हजार १८० रुपैयाँ नगद लाभांश (करसहित) सेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको हो।

यसैगरी सञ्चालक समितिको बैठकले आफ्नो २६ औँ वार्षिक साधारणसभा पनि डोकेको छ। सभा असोज २५ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्। साथै, सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज १२ गतेदेखि असोज २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो होटेल्सको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : September 19, 2023 at 10:33 am