२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

साउनमा २५ प्रतिशतले बढ्यो रेमिट्यान्स, पहिलो महिना नै भित्रियो १ खर्ब १६ अर्ब

३१ भदाै, काठमाडाैं । चालु आर्थिक वर्षको साउन महिनामा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको एक महिनाको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्ष रेमिट्यान्स २५.८ प्रतिशतले बढेको हो। २०८० साउनमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले घटेर ३९ हजार १५२ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले घटेर १६ हजार ४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो

समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति : September 17, 2023 at 4:52 pm