१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एनआरएनएको पद हस्तान्तरण, संयोजकको तिन-तिन महिनामा आर्थिक हिसाव सार्वजनिक गर्ने प्रतिबध्दता


एडिलेड एनआरएनए साउथ अष्ट्रेलियाको नव निर्वाचित कमिटीलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको

गत जुलाई २९ मा सम्पन्न निर्वाचनबाट संजय पुरीको  नेतृत्वमा निर्वाचित कमिटीलाई निवर्तमान रेनुका लामाको कमिटीले पदहस्तान्तरण गरेको हो कार्यक्रममा नव निर्वाचितहरुलाई एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष समेत रहेका पुरीले सपथ ग्रहण  गराएका थिए  

रेनुका लामाको सभापतित्वमा भएको कार्यक्रममा लामाले गत दुइ बर्षको गतिविधी माथि प्रकाश पारेकी थिइन उनले नेपाल फेस्टिवलऐतिहासिक रुपमा सम्पन्न गरेको बताउदै नेपालको प्रबन्धका लागि विभिन्न कार्य गरेको बताइन उनले कार्यकालमा यहा राज्य सरकारस्थानिय तह संग नेपाली समुदायको सम्वन्ध थप विकास विस्तार गरेको बताईन

कार्यक्रममा नारी निकुञ्ज अष्ट्रेलियाकी निवर्तमान संयोजक मञ्जु खड्काले नारी निकुञ्ज साउथ अष्ट्रेलिया सहित अष्ट्रेलियाकै गतिविधि प्रकाश पारेकी थिइन खड्काले साउथ अष्ट्रेलियामा नारी निकुञ्जले राज्य सरकार समेतको सहयोगमा एक महिने महिलाखेलकुद आयोजना गरेको बताइन उनले गत कार्यकालमा नारी निकुञ्ज अष्ट्रेलियाले अष्ट्रेलियन डलर ६५००० बिभिन्न कार्यक्रममार्फत उठाएर नेपालमा विभिन्न संस्था मार्फत सहयोग गरेको बताउदै अष्ट्रेलियाका विभिन्न तहका सरकारहरुबाट अष्ट्रेलियन डलर बिसहजार लिन सफल भएको बताईन

कार्यक्रमलाई सम्वोधन गर्दै नव निर्वाचित राज्य संयोजन संजय पुरीले कार्यसमितिले आफ्नो आम्दानी तथा खर्चको विवरण प्रत्येक तिनमहिनामा सार्वजनिक गर्ने प्रतिवध्ता समेत जनाए

कार्यक्रममा निर्वतमान कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई कदर पत्र प्रदान गरिएको थियो कार्यक्रममा एनआरएनए ओशियानासह संयोजक अशोक केशी, पुर्व सह संयोजकहरु रमेश जोशी नविन कडेल, आइसिसि सदस्य सुर्य आचार्य, पुर्व आइसिसि सदस्य गोकुल घिमिरे, साउथ अष्ट्रेलियाका पुर्व अध्यक्षहरु दिपक विष्ट नविन पन्त, एनआरएनए अष्ट्रेलियाका नव निर्वाचित  सचिव थीर गुरुङ, अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरुको संस्था एन्जामहासचिव नारायण खड्का, गत निर्वाचनका निर्वाचन आयुक्त कपिल पाण्डेले नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना ज्ञापनसहित आफ्ना भनाई राखेका थिए

कार्यक्रम निवर्तमान सचिव विनोद वानियाको संचालन पव्लिक रिलेशन अफिसर देबेन्द्र खरेलको स्वागत मन्तव्यमा भएको थियो ।उक्तकार्यक्रममा एनआरएनएका अगुवा तथा साउथ अष्ट्रेलियामा क्रियाशिल विभिन्न नेपाली मुलका सामुदायिक संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार १७:१४