७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

१०६ वर्षे इतिहासमा त्रिचन्द्र कलेजमा पहिलो पटक क्याम्पस प्रमुखमा महिला

२९ भदौ, काठमाडौँ । त्रिचन्द्र बहुमुखी क्याम्पसले इतिहामसमै पहिलो पटक क्याम्पस प्रमुखको रूपमा महिलाको नेतृत्व पाएको छ । त्रिभुवन विश्वविद्यालयले प्रा डा निलम श्रेष्ठ प्रधानलाई त्रिचन्द्र बहुमुखी क्याम्पसको प्रमुखमा नियुक्त गरेको हो । कलेजको १०६ वर्षे इतिहासमा त्रिभुवन विश्वविद्यालयले पहिलो पटक क्याम्पस प्रमुख महिला नियुक्ती गरेको हो ।

प्रा डा  प्रधान नेपाल भौतिक विज्ञान समाजका पनि पहिलो महिला अध्यक्ष हुन् । विगतमा उनले त्रि-चन्द्र क्याम्पस भौतिक शास्त्र विभागको विभागीय प्रमुख सम्हालेको अनुभव छ । त्रिभुवन विश्वविद्यालय त्रि-चन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापक रहदा आफूले रचन्नात्मक भूमिका निर्वाह गरेअनुसार त्रिविले क्याम्पस प्रमुखको जिम्मेवारी दिएको नवनियुक्त प्रमुख श्रेष्ठले बताएकी छिन ।

प्रा डा  प्रधानको नियक्तु चार वर्षको हुनेछ । ‘त्रिचन्द्रमा विभिन्न प्रकारका समस्या छन् त्यसको समाधान गर्दै कलेजमा अध्ययन, अध्यापन र अनुसन्धानको संस्कृति स्थापना गर्ने लक्ष्य रहेको छ,’ उनले भनिन्, ‘अव कलेज पूर्णरुपमा शैक्षिक तथा अनुसन्धानको हब बन्नेछ ।’

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १२:५६