१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

सिटिजन लाइफको आईपीओ बाँडफाँडः कतिले पाए सेयर ? यसरी हेर्नुहाेस् नतिजा

२८ भदाै, काठमाडाैं । सिसिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ आज भदौ २८ गते बिहीबार बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा बाँडफाँड सम्पन्न भएकाे हाे ।

क्यापिटलका अनुसार आईपीओमा १५ लाख ८४ हजार ५९७ जनाले कुल १ करोड ७५ लाख ६८ हजार ७५० कित्ता सेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १४ लाख ७ हजार २३७ आवेदन स्वीकृत भएको छ। कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ९ लाख आवेदनले १०/१० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । आईपीओको नतिजा बिक्रि प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट https://www.nimbacecapital.com, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ ।

इन्स्योरेन्सले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २४४ रुपैयाँमा ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार १४:१८