६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपतिमा अन्त्येष्टि

२८ भदाै, काठमाडाैं ।  संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

बालुवाटारस्थित घरबाट नेम्वाङको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट लगेर बिहीबार मध्याह्न अन्त्येष्टि गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।

नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत पनि आर्यघाट पुगेका थिए।

यसअघि नेम्वाङको पार्थिव शरीरलाई एमाले पार्टी कार्यालय च्यासल र बालुवाटारस्थित घरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो।

प्रकाशित मिति : September 14, 2023 at 1:14 pm