२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

नुवाकोटको ऐँसेलु भूमे माविका अध्यक्ष न्यौपानेसहित दक्षिण एसियाली मुलुकका शिक्षाकर्मी सम्मानित

२८ भदाै, काठमाडाैँ । नुवाकोटको किस्पाङ गाउँपालिकाको चर्चित सामुदायिक विद्यालय ऐँसेलु भूमे माविका अध्यक्ष नन्दराम न्यौपानेसहित दक्षिण एसियाली मुलुकका शिक्षाकर्मी एकै ठाउँमा सम्मानित भएका छन । प्रथम ‘सार्क एजुकेसन अवार्ड २०२३’ बाट नेपाल, भारत र भुटानका शिक्षासेवी र संस्था सम्मानित भएका हुन ।

शिक्षालय राष्ट्रिय मासिकले सार्क जर्नालिष्ट फोरम र रोटरी क्लब अफ दार्जिलिङको सहकार्यमा दार्जिलिङको सेन्ट जोसेफ स्कुल, नर्थ प्वाइन्टमा आयोजना गरेको कार्यक्रममा शिक्षा क्षेत्रमा काम गरिरहेका व्यक्ति र संस्था सम्मनित भएका हुन ।  कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्र प्रशासनिक सभाका उपाध्यक्ष राजेश चौहानले सम्मानित व्यक्तिहरूलाई सम्मानपत्र वितरण गरेका थिए ।

सम्मानित हुनेमा नेपालबाट ऐँसेलु भूमे माविका अध्यक्ष न्यौपानेसहित सेन्ट जेभियर्स स्कुलका प्रिन्सिपल फादर स्यामुअल सिमिक, हिमालय कलेजका प्रिन्सिपल रामहरि सिलवाल, प्याब्सननका केन्द्रिय सदस्य राधेकृणा मर्हजन भक्तपुर प्याव्सननका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, प्रेरणा विद्यासदनका प्रिन्सिपल हीरा महर्जन, विद्यालयमा पठन संस्कृतिका अभियन्ता शरदबाबु श्रेष्ठ, प्याब्सनका उपाध्यक्ष सङ्गीता सिलवाल रहेका छन ।

त्यस्तै काठमाण्डौंको शिक्षाकर्मी मनोज कुमाार श्रेष्ठ, हिक्मत दाहाल, विनोद ढकाल, बासुदेव घिमिरे, गोविन्द पंगेनी, कुसुम थापा, हीरा थापाा, भक्तपुरको प्रिशेस इङ्लिस स्कुल, ललितपुरको जुगल स्कुलका भाइस प्रिन्सिपल सुमन केसी, पुष्पाञ्जली स्कुलका निर्देशक एलिन लेप्चाले आउट स्ट्याडिङ एचिभमेण्ट अवार्ड पाउन सफल भएका छन् ।

यसैगरी कैलाालीका कुल प्रसाद भट्ट, सुर्खेतका प्रतिमा राणा मल्ल, धरान सुनसरीवाट पार्वती राई र जुली राई, बुटवलबाट नितु श्रेष्ठ, भारतबाट सेन्ट पल स्कुलका पिटर लेप्चा, स्न्ट जोसेफ स्कुल नर्थ प्वाईन्ट, अमर सिंह राई, सर्निमल चक्रवर्ति, सुरिन राई, द टेलिग्राफ पत्रिकाका सहसम्पादक विवेक क्षेत्री र सिक्किमबाट ईडन गार्डेन स्कुल र वेथल ऐकेडेमि, भूटानबाट लोसेल ग्याष्ट्रो एकेडेमीका प्रिन्सिपल छिरिङ डिमा रहेका छन । जेम्स स्कुलले सार्क मुलुकभर एक्सिलेक्स स्कुल अवार्ड पाउन सफल भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष चौहानले समाजलाई अग्रगमनका लागि शिक्षाको महत्व अनिवार्य भएकाले यस क्षेत्रमा योगदान दिने र रचनात्मक कार्य गर्नेलाई सम्मानित गर्नुपर्नेमा जोड दिएका थिए । सेन्ट जोसेफ स्कुलमा नेपालका पूर्वराजा वीरेन्द्र शाह, ज्ञानेन्द्र शाह, भुटानका वर्तमान राजा, थाइल्याण्डका राजपरिवारका सदस्यले पनि अध्ययन गरेका थिए ।

दक्षिण एसियाली मुलुकमा सामुदायिक र निजीस्तरको शिक्षा क्षेत्रमा प्रदर्शन गरेको योगदान, नवप्रवर्तन, उत्कृष्टता, समर्पण, सृजनात्मकता, व्यावसायिक विकासका लागि सम्मान प्रदान गरिएको शिक्षालयका अध्यक्ष श्याम तण्डुकारले जानकारी दिए । कार्यक्रममा सार्क जर्नालिष्ट फोरमका अध्यक्ष राजु लामा, महासचिव एमडी अब्दुर रहमान, भारत च्याप्टरका अध्यक्ष डा अनिरुद्ध शुधाम्शु, नेपाल च्याप्टरका अध्यक्ष प्रकाश सिलवाल, भारतको सूचना तथा प्रसारण मन्त्रालयको केन्द्रीय चलचित्र बोर्डको सल्लाहकार शेख रइस अहमदलगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार १०:०५