मिड सोलु हाइड्रोपावरको आईपीओ निष्काशन मिति सर्यो, सर्वसाधारणले कहिलेबाट भर्न पाउछन् ?
२८ भदाै, काठमाडाैं । मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन मिति सरेको छ। कम्पनीले सर्वसाधारणका लागि आज भदौ २८ गतेबाट आईपीओ निष्काशन गर्ने भनेको थियो। तर, सरकारले आज सार्वजनिक बिदा दिएकोले अब कम्पनीकाे आईपीओ भोलि भदौ २९ गतेबाट मात्रै जारी हुने धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ।
कम्पनीले सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो। यसअघि कम्पनीले आफ्नो जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत अर्थात १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये स्वीकृत विवरणपत्रमार्फत जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रकम बराबरको रु. १०० अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरी बाँडफाँड गरिसकिएको छ।
जारी पुँजीको १० प्रतिशत अर्थात ७ लाख ४८ हजार ४०० कित्तामध्ये ७४ हजार ८४० कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई बाँडफाँड गरिसकिएको तथा १४ हजार ९६८ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको र ३७ हजार ४२० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको कित्ता सर्वसाधारणका लागि निष्कासन हुन लागेको कम्पनीले जनाएको छ।
कम्पनीकाे आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि छिटोमा असोज २ गते र ढिलोमा असोज १२ गतेभित्र आवेदन दिन सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : 09:51









