चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा
२७ भदाै, काठमाडौं । चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँड भएकाे छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आईपीओ भदौ २६ गते मंगलबार बाँडफाँड गरिएको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएकाे छ ।
बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार कम्पनीकाे आईपीओमा ३० हजार ८३६ जना आवेदकबाट ६ लाख ८४ हजार ४९० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये रितपूर्वक आवेदन नदिएका ५८ वटा आवेदन मार्फत परेको ८३० कित्ता आईपीओ रद्ध भएको छ । कम्पनीकाे आईपीओमा ३० हजार ७७८ वटा आवेदन मार्फत माग भएको ६ लाख ८३ हजार ६६० कित्ता सदर गरी बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो । तीमध्ये गोलाप्रथाबाट ८ हजार जना आवेदकलाई ८० हजार कित्ता आईपीओ बाँडफाँड गरिएको हो । सदर आवेदकमध्ये नै २२ हजार ७७८ आवेदकको हात खाली भएको छ ।
कम्पनीले जारी पुँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सार्वजनिक निष्कासन गरेको थियो । जारी पूँजीको २० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ८ लाख कित्ता सेयर साधारणका लागि छुट्टाइएकोमा त्यसको १० प्रतिशतले हुन आउने ८० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।
कम्पनीकाे आईपीओ नतिजा बिक्री प्रबन्धकको वेबसाइट https://www.rbbmbl.com.np/, मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login र सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : 14:44









