२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

रिलायबल लाइफको आईपीओ सेयरधनीको खातामा जम्मा, तपाईकाे आयाे त ?

२७ भदाै, काठमाडौं । रिलायबल नेपाल लाइफको आईपीओ सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको आईपीओ आरएलआई संकेतबाट सेयरधनीकाे डिम्याट खातामा आएको हो ।

कम्पनीले गत साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ गत साउन ३१ गतेनै बाँडफाँड भइसकेकाे छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणलाई आईपीओ बिक्री गरेको थियो। उक्त कम्पनीकाे आईपीओ नेप्सेमा सुचीकृत भए पश्चात् कम्पनीको सेयर दोश्रो बजारमा कारोबारमा आउने छ ।

प्रकाशित मिति : 12:11