९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

माछापुच्छ्रे बैंकले बाेलायाे साधारण सभा, कहिलेसम्म कायम सेयरधनीले पाउछन् लाभांश?

२७ भदाै, काठमाडाैं । माछापुच्छ्रे बैंकले वार्षिक साधारणसभा बाेलाएकाे छ । बैंककाे भदाै २६ गते बसेकाे सञ्चालक समितिको बैठकले आफ्नो २५ औँ वार्षिक साधारणसभा असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित चुक्तापुँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्रै सेयरधनीहरुलाई वितरण हुनेछ ।

माछापुच्छ्रे बैंक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले आउँदो असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै  बैंकको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : September 13, 2023 at 10:31 am