१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

निर्मला हत्याको सय दिनः अपराधि पत्ता लगाउनेमा भन्दा लुकाउनेमा राज्यशक्तिको दुरूपयोग

–पवित्रा मुडभरी

१६ कात्तिक, काठमाडाैँ । कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको अाज शुक्रबार एक सय दिन पुगेको छ । तर निर्मला हत्या प्रकरणको अनुसन्धान तरिका हेर्दा केही दशक निर्मलाको अात्माले न्याय नपाउने देखिएको छ । बलात्कारपछिको हत्यामा दोषीलार्इ कारबाहीका निम्ति नेपालमा अहिलेसम्मकै ठूलो दबाब नागरिकस्तरबाट सिर्जना भयो तर पनि बलात्कारी र हत्यारा पत्ता लाग्न सकेको छैन ।

हुनतः त्यसतर्फ अनुसन्धाननै केन्द्रीत हुन नसेको देखिएको छ । अझ अनुसन्धानमा गम्भीर लापरवाही गर्ने धेरै प्रहरीलार्इ जोगाएर दुर्इ जनालार्इ बर्खास्त गरेको जस्तो गरिएको छ । कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलार्इ प्रहरी सेवाबाटमात्र हटाइएको छ । उनीहरू माथि अनुसन्धानमा गम्भीर लापरवाही गरेको अारोप लगाइएको छ ।

निर्मलाको बलात्कारमा संलग्न भनेर एक जना मानसिक सन्तुल गुमाएका एक जनालार्इ बलात्कारी भनेर पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने सिअाइबीका डिएसपी जसलार्इ प्रहरी प्रधान कार्यालयले हत्याको अनुसन्धान गर्न भनेर पठाएको थियो उनी चाहिँ हालसम्म निलम्बनको अवस्थामामात्र रहेका छन। प्रहरीले अनुसन्धानका नाममा जति प्रयास गरेको छ ती सब अाम मानिसक नजरमा बलात्कारी जोगाउनका निम्ति भए/गरेको जस्तो देखिएको छ । जुनकुरा चियापसलदेखि सामाजिक सञ्जालमा व्याप्त रहेको छ ।

निर्मला हत्या प्रकरणपछिका विभिन्न घटना केलाउँदा उनलार्इ न्या दिन भन्दा पनि सरकारले नै हत्यारालाई आश्रय दिएको भन्ने लगभग निश्चित नै छ । प्रहरीले प्रमाण नष्ट गर्न र अनुसन्धानमा गरेको लापरबाहीबाट हत्याराको स्पष्ट तस्बीर प्रहरीसँग छ तर प्रहरी उसैका निम्ति यति नतमस्तक बनिरहेको बेला शुक्रबार साँझ काठमाडौंमा निर्मलाको सम्झनामा दीप प्रज्वलन  गर्ने तयारी भएको छ । निर्मलाका निम्ति न्याय अभियानले आयोजना गरेको कार्यक्रम अाज साँझ ५ बजे पाटन कृष्ण मन्दिरमा आयोजना गरिने सामाजिक सञ्जालमा प्रचार गरिएको छ ।

निर्मलाका निम्ति न्याय माग्दै एकले गोली खाएर मर्नुपर्यो अन्य तीन जना घाइते अवस्थामा उपचार गराइरहेका छन । राज्यसँग न्याय माग्दा उल्टै हत्यारा बनेर प्रस्तुत हुने शैली दुर्इतिहाइको सरकारका निम्ति इतिहासमा लेखिने एउटा कालो दाग हो । त्यतिमात्रै होइन नेपाल प्रहरीविरूद्ध जनस्तरमा अविश्वास पैदा गर्न पनि यस घटनाले ठूलो भूमिका खेलेको छ । एउटा बलात्कारी र हत्यारका लागि भए गरेका प्रयास हेर्दा राज्यको दुरूपयोग शायद यसरी कहिल्यै भएको थिएन झैँ लाग्छ ।

हाम्रो कानुनमा खोट छैन र हैन किनकी जयप्रकाश गुप्ता सञ्चारमन्त्रीमा बाहल रहदैँ जेल पुगे, सशस्त्र प्रहरीका डिअाइजी रञ्जन कोइराला बहालमा रहँदै जेल पुगे भने पूर्वमन्त्री स्वर्गीय रविन्द्र शर्मा मरेपछि पनि भ्रष्टाचारी ठहर भए भने बिगो र जरिवाना उनको परिवारबाट भराइयो ।विगतका यी घटनाक्रम विश्वलेषण गर्दा अहिले त देशका नागरिकले कानुनी राज भनेको कुन चराको नाम हो भनेर सोध्न दिन नजिकिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार ०८:२२