१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

२२ भदाै, काठमाडाैं । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएकाे छ ।  भदौ २४ गते बस्ने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हाे। सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका छन् ।

अर्को बैठकको मिति र समय राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि बैठक स्थगित भएको महासचिव गौतमले जानकारी दिए।

प्रकाशित मिति : 16:48