२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

काठमाडौं-१६ का वडाध्यक्ष रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने

२१ भदाै, काठमाडाैं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राखिने भएको छ।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सभागृहमा राखिने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

वडाध्यक्ष रिजालको उपचारका क्रममा आज बिहान ग्रान्डी अस्पतालमा निधन भएको थियो। वडाध्यक्ष रिजाललाई उपचारका लागि भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) भएकाे थियाे ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १०:४१