२२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026

प्राइम बैंकका ग्राहकको खाता परिवर्तन हुँदै, डिम्याट र ब्रोकर अद्यावधिक गराउन आग्रह

२१ भदाै, काठमाडाैं ।  प्राइम कमर्सियल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन हुने भएको छ। बैंकले एक सूचना प्रकाशन गर्दै ग्राहकको खाता नम्बर परिवर्तन गर्न लागेको जनाएकाे हाे। अब ग्राहकको खाता भदौ २३ गते (शनिबार)देखि १० अंक/अक्षरबाट परिवर्तन भई २० अंकको कायम हुने बैंकले जनाएको छ।

बैंकका अनुसार नयाँ खाताको कारोबारहरु ग्राहकसँग हाल भइसकेको चेक तथा एटीएम कार्डबाट नै गर्न सकिनेछ। ‘मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्टआईपीएसलगायतका सेवाहरुमा प्रयोग भएका साबिकको खाता नम्बरहरु प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गरिने बैंकले जारी गरेकाे सूचनामा उल्लेख छ।

अन्य सबै निकायहरु जस्तैः स्टक ब्रोकर तथा डिम्याट अकाउन्टमा ग्राहक आफैँले नयाँ २० अंकको खाता नम्बर अद्यावधिक गराउन पनि बैंकले आग्रह गरेको छ।

प्रकाशित मिति : September 7, 2023 at 9:55 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/