१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

भदौ २४ गते बस्ने गरी बागमती प्रदेशसभा बैठक पुनः स्थगित

२० भदौ, मनहरि । आजको लागि तय गरिएको बागमती प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । यसअघि गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि बस्ने तय गरिएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १२:५०