२२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026

सप्तकोशीमा बेपत्ता चिकित्सक कोइरालाको शव १० दिनपछि फेला

२० भदाै, विराटनगर । सप्तकोशी पुलमा कार छोडेर बेपत्ता डा. प्रज्जवल कोइरालाको शव १० दिनपछि भेटिएको छ । झापा, दमक–१ का बासिन्दा कोइराला मोरङ उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत थिए। ३२ वर्षीय सर्जन डा. कोइरालाको शव मंगलबार अपराह्न फेला परेको प्रहरीले जनाएको छ।

उनको शव बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भंगालोमा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए।

उनी भदौ १० गते राति सप्तकोशी नदीको पुलमा कार छोडेर बेपत्ता भएका थिए । सप्तकोशी नदीको पुलमा उनको जुत्ता, मोजा र मोबाइल भेटिएको थियो।

प्रकाशित मिति : September 6, 2023 at 12:16 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/