२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

लेखापालको कार्यकक्षमा प्रशासकीय अधिकृतको दिनदिनै याैनलिला (भिडियो)


१९ भदौ, काठमाडौँ । इलामको इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको यौनजन्य अश्लिल भिडियो लिक भएको छ । सामाजिक सञ्जालमा व्यप्त बनेको भिडियोमा गाउँपालिकाकी लेखा अधिकृत रेश्मा राईको कार्यकक्षमा प्रशासकीय अधिकृत काजीमान राई र उनको यौन लिलाको भिडियो लिक भएको हो । दैनिकीले भिडियो उनीहरूकै हो कि हैन भनेर सम्बन्धित व्यक्तिहरूसँग सम्पर्कको प्रयास गरेको भए पनि लेखा अघिकृत रेश्माको फोन लागेन भने प्रशासकीय अधिकृत काजीमानको फोन उठेन ।

त्यसपछि हामीले गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेसँग भिडियोका बारेमा जान्न सम्पर्क गरेका थियौँ तर उनको फोन पनि उठेन । त्यसपछि हामीले अन्तिम विकल्पको रूपमा गाउँपालिकाकी उपाध्यक्ष प्रविना राईलाई सम्पर्क गर्यौ । दैनिकीसँग उपाध्यक्ष राईले भिडियोमा देखिएका दुई पात्र गाउँपालिकाको प्रशासकीय अधिकृत र लेखापाल भएको पुष्टि गरिन । उनले आफू पनि दिउँसभर फिल्डमा रहेको र भिडियो कसरी लिक भयो भन्ने बारेमा धेरै बुझ्न नपाएको बताउँदै भिडियो चाहिँ गाउँपालिकाकै भएको बताइन । उनले भिडियो कसरी लिक भयो भन्ने बारेमा अनुसन्धान हुने पनि बताइन ।

भिडियोमा प्रशासकीय अधिकृत राई रेश्माको कार्यकक्षामा उनको कुर्सीकै छेउँमा बस्छन । उनीहरूको बीचमा केहीबेर कुरा हुन्छ । त्यसपछि उनाीहरू यौनजन्य क्रियाकलापमा सहभागी हुन्छन । काजीमानले देब्रे हातले रेश्माका बक्षस्थलमा सुमसुम्याउछन त्यसपछि उनले एकछिन त्यो हात च्याप्प समाउछिन र हटाउछिन एकछिनपछि उनले आफैँले देब्रे गाला अघि सार्छिन त्यसपछि काजीमानले चुम्बन गर्छन । त्यसपछि उनीहरू एक अर्कालाई सुम्सुम्याउने काम गर्छन । एकिछनमा एउटा फाइल झिकेर फर्किएपछि कुर्सीमा बसीरहेका काजीमानलाई रेश्ममाले आँगालोमा बेर्छिन र चुम्बन गर्छिन । उनीहरूको यस्तो क्रियाकलाप दिनहुँ हुने गरेको बुझिएको छ । तीन दिनको त सीसीटीभी फुटेज नै सामाजिक सञ्जालमा व्याप्त बनेको छ । काजिमान यस्ता याैन क्रियाकलापमा पटके भनेर चिनिएको गाउँपालिकाकै कर्मचारीले बताएका छन । उनले यसअघि उदयपुरमा काम गर्दा पनि यस्तै हर्कत गरेको कुरा बाहिर सार्वजनिक भएको ती कर्मचारीले बताएका छन ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार २१:५६