४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

छुट्ला है ! १०१ रुपैयाँ मै सर्वसाधारणले कुमारी बैंकको सेयर किन्ने आज अन्तिम दिन

१९ भदाै, काठमाडौं । कुमारी बैंककाे सेयर किन्ने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले भदाै ५ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएकाे संस्थापक समूहको ७ लाख ५१ हजार ६९९ कित्ता सेयर खरिद गर्ने आज अन्तिम दिन हाे ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बिक्रीमा राखिएकाे उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ। लगानीकर्ताले आवश्यक काजगात संकलन गरी बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : 13:29