१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

तोकिएको समयमा काम पूरा नगर्ने १३ कम्पनी कालोसूचीमा

१९ भदाै, काठमाडाैं । सरकारले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको समयमा निर्माण पूरा नगर्ने १३ ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेकाे हाे ।

कार्यालयको भदौ १८ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ। तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य सात निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखिएको हाे ।

सूचना प्रकाशित भएको मिति (भदौ १९) देखि लागू हुने गरी कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार १२:३२