२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

बालेनले सिंहदरबारमा आगो नलगाउने, चेतावनी फिर्ता लिएर सुध्रिने संकेत देखाए

१८ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले सिंहदरबारमा आगो लगाउने चेतावनी फिर्ता फिएका छन । उनले यसअघि काठमाडौँ महानगरपालिकाको गाडी प्रहरीले रोकेको भन्दै सरकारलाई चोरको उपमा दिएर सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए ।

उनले सिंहदरबारमा आगो लगाउने चेतावनी फिर्ता लिएर आफू पनि सुध्रिने संकेत दिएका छन । उनले सरकारको बारेमा गरेको टिप्पणी र सिंहदरबारमा आगो लगाउने चेतावनी सामाजिक सञ्जाल फेसबुकमा नदेखिने बनाएका छन । उनले उक्त पोस्ट मेटाएका हुन वा आफूलेमात्र देख्ने बनाएका हुन भन्नेबारेमा केही खुलेको छैन । तर सिंहदरबारमा आगो लगाउने चेतावनीको धेरैले चर्को आलोचना गरेपछि बालेन पछि हटेका हुन ।

शनिबार राति छोरीलाई स्तनपान गराएर अस्पतालबाट फर्किरहेकी बालेनपत्नी सवार महानगरपालिकाको सवारीलाई कोटेश्वर चोकमा प्रहरीले सोधपुछ गरेपछि उनले फेसबुकमा आगो ओकलेका थिए । बालेनले उक्त कुरा गल्ती भएको महशुष गर्दै सामाजिक सञ्जालबाट हटाएका छन । बालेनको उक्त चेतावनी हटाए पनि लखौँले सुरक्षित राखेको स्क्रिन सर्ट बालेनले स्टाटस हटाए भन्दै फेरि भाइरल भैरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १०:३८