१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १०० क्यासब्याक

१७ भदाै, काठमाडाैं । एनएमबि बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ। सोअफरअन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल(पीओएस) मार्फत कारोबार गर्दा रु १०० क्यासब्याक पाउनेछन्।

यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १४४ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति : September 3, 2023 at 5:16 pm