८ असार २०८३, सोमबार | Mon Jun 22 2026

प्रभात काव्यगोष्ठीमा जनजीवनका कविता

१६ भदौ, काठमाडौँ । नागार्जुन साहित्यिक प्रतिष्ठानले आज आयोजना गरेको ‘सुप्रभात काव्यगोष्ठी’ मा कविहरुले जीवन र अस्तित्वबोधसँग सम्बन्धित रचना प्रस्तुत गरेका छन् । मासिक शृङ्खलाअन्तर्गत आयोजित काव्यगोष्ठीमा गायिका एवं प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष नमुना शर्माले भ्रष्टाचारविरुद्ध र तीजको कहरसम्बन्धी गीत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा कविहरु वैरागी जेठा, दिल पौडेल, प्रकाश सिलवाल, माधव घिमिरे ‘अटल’, पार्वती अधिकारी, लक्ष्मणदेव पाण्डे, गङ्गा खतिवडा, शिवहरि पाण्डे, नवीन पल्लव, रुवी सत्याल, जयराम विडारी, गङ्गाप्रसाद भेटवालले जनजीवनसँग सम्बन्धित रचना वाचन गर्नुभएको थियो । वाचित रचनामाथि टिप्पणी गर्दै उपाध्यक्ष शर्माले जनजीवन र अस्तित्वबोधसँग सम्बन्धित रचना प्रस्तुत भएकाले यसले समाजको अग्रगमनका लागि योगदान दिने बताउनुभएको थियो ।

प्रकाशित मिति : September 2, 2023 at 2:50 pm