२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

सन नेपाल लाइफको आईपीओ बाँडफाँडः कतिले पाए सेयर ? यसरी हेर्नुहाेस् नतिजा

१५ भदाै, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज भदौ १५ गते शुक्रबार बाँडफाँड भएकाे छ । कम्पनीकाे आईपीओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिएको हो।

कम्पनीले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीकाे आईपीओमा १४ लाख ६६ हजार ८६२ आवेदकबाट कुल १ करोड ६४ लाख ६३ हजार ५८० कित्ता सेयर माग भएको थियो। जसमा १४ लाख ६० हजार ६१ आवेदकबाट परेको १ करोड ६३ लाख ५८ हजार २१० कित्ता सेयर सदर भएको छ भने बाँकी ६ हजार ८०१ आवेदकबाट माग भएको १ लाख ५ हजार ३७० कित्ता सेयर बदर भएको छ।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको थियाे। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। भने ६ लाख २१ हजार ९३९ आवेदकको हात खाली भएको छ।

कम्पनीकाे आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओको अन्तिम नतिजा बिक्री प्रबन्धकको वेबसाइट :   https://www.nsmbl.com.np/,  मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login र  सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : 08:43