४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

भोलि बाँडफाँड हुँदै सन नेपाल लाइफको आईपीओ, सेयर पाउने भाग्यमानी कति ?

१४ भदाै, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ भोलि भदौ १५ गते शुक्रबार बाँडफाँड गरिने भएको छ। कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारका लागि निष्काशन गरेकाे आईपीओ भदौ १५ गते बाँडफाँड हुने बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैंकिङले जनाएकाे छ ।

कम्पनीकाे आईपीओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बिहान ८ बजे बाँडफाँड गरिने भएको हो।कम्पनीको आईपीओमा १५ लाख ७७ हजार ७ सय ४४ आवेदकले १ करोड ७८ लाख ३२ हजार ३ सय कित्ताको लागि आवेदन दिएका छन्।जुन माग भन्दा २.३२ गुणा बढी हो। कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गाेलाप्रथाबाट बाँडफाँड हुनेछ ।  गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी भाग्यमानी ७ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

प्रकाशित मिति : 13:03