१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

कुमारी क्यापिटलका दुई म्युचुअल फण्डको बुकक्लोज मिति तय

११ भदाै, काठमाडाैं । कुमारी क्यापिटलको व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेकाे छ । दुवै फन्डले नगद लाभांश वितरण प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ भदौ १७ गतेसम्म कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

कुमारी क्यापिटलले कुमारी इक्विटी फण्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो भने कुमारी धनवृद्धि योजनाका इकाईधनीहरुका लागि कर सहित ६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : August 28, 2023 at 11:16 am