अरुण काबेली पावरको हकप्रद बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?
११ भदाै, काठमाडाैं । अरुण काबेली पावरले आज भदौ ११ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गरेको छ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २५ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले उक्त हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीकाे हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
सेयरधनीहरुले उक्त हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट, अरुण काबेली पावर, हिमालयन बैंक र नबिल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ।
प्रकाशित मिति : August 28, 2023 at 9:57 am









