३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

नेप्सेमा एक कम्पनीकाे सेयर सूचिकृत, ओपनिङ रेन्ज कति ?

११ भदाै, काठमाडाैं  । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लक्ष्मी सनराइज बैंकको सेयर सूचिकृत भएको छ। साविक लक्ष्मी र सनराइज बैंक मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले मर्जरपछिको पहिलो कारोबारका लागि लक्ष्मी सनराइज बैंकलाई प्रतिकित्ता १७३.०५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। सोही मूल्यबाट आज सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ। नेप्सेले मर्जरपछि बनेको लक्ष्मी सनराइज बैंकलाई ‘एलएसएल’ कारोबार संकेत प्रदान गरेको छ ।

प्रकाशित मिति : 09:36