४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड-२०२३’ बाट सम्मानित

१० भदाै, काठमाडाैं । नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ। ग्रोथ लिडरसिप एकाडेमीले शुक्रबार आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो। कार्यक्रममा नेपाल बैंकर्स एसोसियनका अध्यक्ष सुनिल केसीले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गरेका थिए।

मर्जर एक्विजिसनपश्चातका वर्षहरुमा बैंकहरुमा हुने समायोजनका कारण व्यवसाय वृद्धिमा असर पर्ने सामान्य अवस्थाभन्दा भिन्न हिसाबले नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा बैंकिङ क्षेत्रकै सबैभन्दा बढी व्यवसाय वृद्धि गर्न सफल गरेकाले यो अवार्डमा छनौट भएको आयोजकको भनाइ छ।

कार्यक्रममा नबिललगायत ११ संस्था र १० व्यक्तिलाई सेल्स र मार्केटिङको विभिन्न विधामा अवार्डबाट सम्मानित गरेको थियो। नबिल बैंक नेपालको एक अग्रणी बैंक हो। नबिलले १८ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिको २६५ शाखा र २९८ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ।

प्रकाशित मिति : 16:03