३ असार २०८१, सोमबार | Mon Jun 17 2024

फ्रान्समा अस्वभाविक हिमवर्षा हुँदा विद्युत आपूर्ति र सडक अवरूद्ध


१३ कात्तिक, फ्रान्स । फ्रान्सको उत्तरपूर्वी तथा मध्यदक्षिणी क्षेत्रमा हिजाे रातभर व्यापक हिमवर्षा भएको छ । हिम वर्षाका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति तथा सडक यातायातमा समस्या अाएकाे छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सडकमा  परेको हिउँका कारण हजारौँ गाडीहरू बाटामै अलपत्र परेका छन् ।

मंगलबार जमिनको सतहमा करिब ४० सेन्टिमिटरसम्म हिउँ जमेको प्रभावित क्षेत्रमा करिब दुई लाख घरहरुमा विद्युत आपूर्ति अवरूद्ध भएको हाउटलोयरका मौसम मामिला हेर्ने निकायले जनाएकाे छ।

 

 

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार ०९:०५