२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

मल्टीपर्पस फाइनान्सको हकप्रद बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

१० भदाै, काठमाडाैं । मल्टीपर्पस फाइनान्स कम्पनीले आज भदौ १० गतेबाट आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेको छ।कम्पनीले चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १ः०.३५ अनुपातमा हकप्रद सेयर जारी गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरमा कुल १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले गत साउन १२ गते बुकक्लोज गरिसकेको छ। यसको अर्थ गत साउन ११ गतेसम्म कायम सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्। फाइनान्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

उक्त हकप्रद सेयरमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

हाल फाइनान्सको चुक्ता पूँजी ४२ करोड २० लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात फाइनान्सको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : August 27, 2023 at 12:26 pm