प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित
५ भदाै, काठमाडाैं । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। मंगलबार अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको हो।
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो । संघीय संसदका महासचिव भरतराज गौतमका अनुसार प्रतिनिधि सभा बैठक बुधबार अपराह्न ३ बजे बस्ने गरी स्थगित गरिएको हो।

प्रकाशित मिति : August 22, 2023 at 3:51 pm









