१०१ रुपैयाँमै कुमारी बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
५ भदाै, काठमाडाैं । कुमारी बैंकले आज भदौ ५ गतेबाट केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक समूहको ७ लाख ५१ हजार ६९९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएकाे हाे ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बिक्रीमा राखिएकाे उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ।
लगानीकर्ताले भदौ १९ गतेसम्म धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको लाजिम्पाटस्थित कार्यालयमा बोलपत्र पेस गर्न सकिनेछ।
प्रकाशित मिति : August 22, 2023 at 9:38 am









