७ असार २०८३, आइतबार | Mon Jun 22 2026

अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

३ भदाै, काठमाडाैं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच सेयर रजिस्ट्रार नियुक्ति गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ।

उक्त सेयर रजिस्ट्रार सेवाअन्तर्गत अप्पर लोहोरे खोला हाइड्रोपावरको संस्थापक समूह तथा सर्वसाधारणमा निष्कासन गरिएको साधारण सेयर सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबारका लागि सूचीकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिने, कारोबार भएको सेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, सेयरधनी लगत अध्यावधिक गरी राख्नेलगायतका सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य एनआईसी एशिया क्यापिटलले गर्नेछ।

प्रकाशित मिति : August 20, 2023 at 9:45 am