७ असार २०८३, आइतबार | Sun Jun 21 2026

२५.४४ प्रतिशतले घट्याे सानिमा माई हाइड्रोको नाफा, प्रतिसेयर आम्दानी कति ?

२६ साउन, काठमाडाैं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ।समीक्षा अवधिमा कम्पनीले ४० करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे नाफा अघिल्लाे बर्षकाे साेही अवधिकाे तुलनामा २५.४४ प्रतिशतले कम हाे । अघिल्लो वर्षकाे यही अवधिमा कम्पनीले ५४ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

याे अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि १८.३४ प्रतिशतले घटेर ७६ करोड ३५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष कम्पनीकाे विद्युत बिक्रीबाट हुने आम्दानी ९३ करोड ५० लाख रुपैयाँ रहेकाे थियाे ।

चुक्तापुँजी ३ अर्ब ८ करोड रहेको कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब १६ करोड रुपैयाँ रहेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १३.१८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १७.६८ रुपैयाँ थियो। कम्पनीको पीई रेसियो २६.९३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९.७६ रुपैयाँ छ ।

प्रकाशित मिति : August 11, 2023 at 11:58 am