१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

बुटवल पावरको नाफा घट्यो, विद्युत बिक्री आम्दानी कति ?

२६ साउन, काठमाडाैं । बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।समीक्षा अवधिसम्म कम्पनीले २६ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे अघिल्लाे बर्षकाे साेही अवधिकाे तुलनामा २.४९ प्रतिशतले कम हाे ।  अघिल्लो वर्षकाे यही अवधिसम्म कम्पनीले २७ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

याे अवधिसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ६.५३ प्रतिशतले घटेर ७२ करोड ४४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी ७७ करोड ५० लाख रुपैयाँ रहेकाे थियाे ।

चुक्तापुँजी ३ अर्ब ४० करोड रहेको कम्पनीको अन्य इक्विटीमा ३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ७.८४ रुपैयाँ रहेकाे छ । अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.४४ रुपैयाँ रहेको थियो। कम्पनीको पीई रेसियो ४२.१६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५.१० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : August 11, 2023 at 11:31 am