झिनाे अंकले बढ्याे सेयर बजार, २ अर्ब १५ करोडकाे काराेबार
२५ साउन, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजार झिनाे अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१३ ले बढेर २०६६.०५ बिन्दुमा बन्द भएको हो ।
आज २ अर्ब १५ करोड ६५ लाख ८३ हजार माथिको कारोबार भएको हो । आज १०५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज हिमालयन लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ६.५३ प्रतिशतले घटेको हो । यस दिन सोल्टी होटलको सबैभन्दा बढी काराेबार भएकाे छ ।
प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १५:४४












