३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

नेप्सेमा तीन कम्पनीको आईपीओ सूचिकृत, कुनको कति छ ओपनिङ रेञ्ज ?

२५ साउन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा बिहीबार तीन कम्पनीको आईपीओ सूचिकृत भएको छ । नेप्सेमा घोराही सिमेन्ट् इन्डस्ट्री लिमिटेड, अपर स्याङ्गे हाइड्रोपावर र थ्रीस्टार हाइड्रोपमवरको आइपीओ सूचिकृत भएको हो ।

१) घोराही सिमेन्ट् इन्डस्ट्री लिमिटेड

नेप्सेमा घोराही सिमेन्टको कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारण सेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, उद्योग प्रभावित स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ७९ लाख ४३ हजार ८०१ कित्ता (२० प्रतिशत) र संस्थापक सेयरधनीको ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता (८० प्रतिशत) रहेको छ।

 कम्पनीको पहिलो कारोबारका लागि २२६ रूपैयाँ ६१ पैसादेखि अधिकतम ६७९ रुपैंया ८३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । नेप्सेले घोराही सिमेन्टलाई ‘जीसीआईएल’ कारोबार संकेत प्रदान गरेको छ।

२) अपर स्याङ्गे हाइड्रोपावर

नेप्सेमा अप्पर साङ्गे हाइड्रोपावरको कुल २२ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारण सेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, उद्योग प्रभावित स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ८ लाख ७० हजार ८०१ कित्ता (३९.५५ प्रतिशत) र संस्थापक सेयरधनीको ३ करोड १३ लाख ३० हजार कित्ता (६०.४५ प्रतिशत) रहेको छ।

नेप्सेले अप्पर साङ्गेलाई ‘यूएसएचएल’ कारोबार संकेत प्रदान गरेको छ। कम्पनीलाइ पहिलो कारोबारका लागि ८४ रूपैयाँ ५४ पैसादेखि अधिकतम २५३ रुपैंया ६२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।

३) थ्रीस्टार हाइड्रोपावर

थ्रीस्टार हाइड्रोपावरको कुल ३९ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारण सेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १२ लाख ३१ हजार २५० कित्ता (२५ प्रतिशत) र संस्थापक सेयरधनीको ३६ लाख ९३ हजार ७५० कित्ता (७५ प्रतिशत) रहेको छ।

नेप्सेले थ्रीस्टारलाई ‘टीएसएचएल’ कारोबार संकेत प्रदान गरेको छ। कम्पनीको पहिलो कारोबारका लागि ८५ रूपैयाँ ६५ पैसादेखि अधिकतम २५६ रुपैंया ९५ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । सूचिकृत पश्चात यी तीन वटै कम्पनीहरुको सेयर अब आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

प्रकाशित मिति : 15:18