९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

मन्त्रालयमा काम गरिरहेका कानुनमन्त्री गुरुङ अस्वस्थ भएपछि अस्पताल भर्ना

२५ साउन, काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ बिहीबार दिउँसो अस्पताल भर्ना भएका छन्। मन्त्रालयमा बिहीबार बिहान काम गरिरहेका बेला मन्त्री गुरूङलाई एक्कासी असजिलो भएको थियो।

असजिलो भएपछि मन्त्री गुरूङलाई अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो ।  परीक्षण गर्दा मुटुको धड्कम कम र ब्लड प्रेसर लाे देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएकाे स्वकीय सचिव प्रेम केसीले जानकारी दिए ।

मन्त्री गुरूङलाई बिहीबार बिहान ११ बजे सेन्टरमा भर्ना गरिएको हो। अहिले अस्पतालले गुरूङलाई अब्जरबेसनमा राखेको छ ।

प्रकाशित मिति : August 10, 2023 at 2:32 pm