३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

थ्रीस्टार हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति छ ओपनिङ्ग रेन्ज ?

२५ साउन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थ्रीस्टार हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको शेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीबार थ्रीस्टार हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

थ्रीस्टार हाइड्रोपावरको ४९ लाख २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) लाई वितरण गरेको १२ लाख ३१ हजार २५० कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेका ३६ लाख ९३ हजार ७५० कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्युनतम ८५ रुपैयाँ ६५ पैसा देखि २५६ रुपैयाँ ९५ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर आइतबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले टिएसएचएल कारोबार संकेत प्रदान गरेको छ।

प्रकाशित मिति : 14:01