हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँडः कतिले पाए सेयर, यसरी हेर्नुहोस् नतिजा
२५ साउन, काठमाडाैं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडकाे आईपीओ बाँडफाँड भएको छ। कम्पनिले साउन ४ देखि साउन १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेकाे आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बाँडफाँड भएको हो।
क्यापिटलका अनुसार कम्पनीकाे आईपीओमा २७ हजार २३६ आवेदन मार्फत १४ लाख १७ हजार ४४० कित्ता सेयरको माग भएको थियो। जसमध्ये २७ हजार २३१ आवेदन स्वीकृत भएका छन्। भने ५ आवेदन रद्द भएका छन्। स्वीकृत आवेदकमध्ये १४ हजार ६ सय २५ जनाले २० कित्ताको दरले सेयर पाएका छन् ।
कम्पनीकाे आईपीओको नतिजा केही बेरमा सार्वजनिक हुनेछ । आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट :https://www.globalimecapital.com/,मेरोशेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login सिडीएसको वेबसाइटबाट :https://iporesult.cdsc.com.np/ र बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : 10:48









